राजनीति

प्रचण्डसँग अमरेश आक्रोशित हुनुको कारण

काठमाडौं । अचेल स्वतन्त्र सांसद अमरेशकुमार सिंह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निकै आक्रोशित छन् । मिडिया, संसद् र सामाजिक सञ्जालमा उनले धाराप्रवाह प्रचण्डको विरोध मात्र गरिरहेको देखिन्छ । अझ पछिल्लो समय त उनले प्रचण्डकी छोरी गंगा दाहालमाथि पुष्टि नहुने आरोप लगाउन थालेका छन् ।

आइतबार बिहान उनले सामाजिक सञ्जालमा लेखे– ‘प्रधानमन्त्री छोरी तथास्वकीय सचिव गंगा दाहालले कुन कुन व्यापारीसँग कुन कुन मामिलामा कति रकम बुझेका छिन्, त्यो सबै प्रमाण मसँग सुरक्षित छ । समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।’ अमरेशको यस्तो स्टाटसपछि अहिले माओवादीमा भुइँचालो गएको छ ।

प्रचण्ड निकट नेता कार्यकर्ताले उनको बचाउ गरिरहेका छन् भने असन्तुष्ट नेता कार्यकर्ता तमासा हेरेर बसेका छन् । ‘माननियज्यू, प्रमाणसहित हप्ता दिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईलाई सडकमा नांगै पारेर दौडाउन पाई कि नपाई ?’ अमरेशलाई चुनौती दिँदै वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटाले फेसबुकमा लेखे ।
‘कुनै बेला भारतीय खुफिया एजेन्सी ‘र’ को एजेन्ट भनेर दुत्कार र लल्कार भेटेका अमरेशकुमार सिंह नेपाली राष्ट्रवादको नयाँ मसिहा भएर निस्कनु भएछ लु बधाई छ,’ पत्रकार अनिल गिरीले फेसबुकमा लेखे । एकजना फेसबुककर्ताले लेखेका छन्– भनिन्छ, ‘स्याललाई काल आयो भने सहर पस्छ।’

एनसेलको सेयर खरिद प्रकरणमा स्वयं प्रधानमन्त्रीले चासो र अग्रसरता देखाउँदै मन्त्रिपरिषद् बैठकबाट छानविन समिति गठन भएको छ । समितिले अध्ययन र छानविनको प्रक्रिया अगाडि बढाएको छ । तर, आफ्नो अनुचित निहित स्वार्थ पूरा नभएपछि सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री, स्वकीय सचिव गंगा दाहाललगायतलाई लक्षित गरिरहेको अराजनीतिक, अमर्यादित एवं तुच्छ प्रकारका लान्छनाहरू र गाली बेइज्जती निन्दनीय छन् । सार्वजनिक आत्मालोचना गरेनन् वा आफ्ना अभिव्यक्तिको सप्रमाण औचित्य पुष्टि गर्न सकेनन् भने त्यो क्षण उनका लागि निकै महंगो हुनेछ ।’

प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि स्वतन्त्र सांसद अमरेशकुमार सिंह मन्त्री माग्न दिनहुुँजसो बालुवाटार पुगेका थिए । प्रचण्डलाई प्रधानमन्त्री बनाउन सिंहले नै हस्ताक्षर गरेका थिए । कतिसम्म भने मन्त्री बन्न माओवादी पार्टीमै प्रवेश गर्ने प्रतिबद्धता पनि गरेका थिए । अहिलेको सत्ता समीकरणप्रतिको अरुचि र मन्त्री हुन नपाएको झोक र असन्तुष्टि सत्तारूढ शीर्ष नेता र परिवारविरुद्ध लक्षित गरी दिनहुँ बिनाआधारको केही न केही फण्डा गरिरहेका छन् ।

अमरेशले भुटानी शरणार्थी काण्डका बेला कांग्रेस नेता बालकृष्ण खाँण र आरजु देउवाविरुद्ध सामाजिक सञ्जाल र मिडियामा जे पायो त्यही बोलेका थिए । अहिले प्रचण्डविरुद्ध आगो बालिरहेका छन् । सिंहले मन्त्री मागेको धेरैलाई थाहा भएकै हो । पछिल्लो समय अमरेशको लैनचौरबाट आउने सहायता रोकिएको चर्चा छ । यस्तो हुनुको दोष उनले प्रचण्डलाई लगाएका छन् ।

हिजो प्रचण्डकै कारण उनले सर्लाही ४ मा चुनाव जितेका हुन् । माओवादीले उनलाई नै भोट हालेको जगजाहेर छ । अहिले भारतीय दूतावासको दानापानी र मन्त्री बन्न नपाएको झोक र बालुवाटारमा छिर्न नपाएपछि उनले प्रचण्डमाथि लगाइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *