काठमाडौं । अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य काठमाडौं । अफगानिस्तानले एसिसी यू–१९ एसिया कपमा नेपाललाई २६२ रनको लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ओभल–२ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.३ ओभरमा २६१ रनमा अल आउट भयो ।
अफगानिस्तानका जाम्शिद जद्रानले १५२ बलमा आठ चौकासहित १०६ रनको शतकीय इनिङ खेलेका थिए । उनी खुट्टामा समस्याका कारण रिटायर्ड हर्ट भएका थिए । नौमान साह अघाले ४१ बलमा पाँच चौका र तीन छक्कासहित ६० रनको आक्रामक इनिङ खेलेका थिए ।
नेपाललाई गुलशन झाले पहिलो सफलता दिलाएका थिए । गुलशनको दोस्रो ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर अफगानी ओपनर वाफिउल्लाह ताराखिल १५ रनमा देव खनालबाट क्याच आउट भएका थिए ।




