काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको
कुनै पनि सम्भावना नरहेको बताएका छन् । जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी भएर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्रीलाई सञ्चारकर्मीहरुले विमानस्थलमा सोधेको प्रश्नमा अहिले मन्त्रिपरिषद् पुनर्गठनबारे केहि कुरा नउठेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सरकार गठन भएको बेलादेखि नै को हट्ने, गृहमन्त्री हट्ने चर्चा चल्ने गरेको थियो । तर अहिले मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै कुरा नउठेको उनले उल्लेख गरे ।
आफू प्रधानमन्त्री भएको र आफ्नो दिमागमा मन्त्रिपरिषद् पुनगर्ठनबारे सोच नभएको उल्लेख गर्दै उनले बाहिर आएका कुरामा कुनै सत्यता नरहेको समेत दावी गरे ।