काठमाडौं । चार वर्षपछि २०८४ को आमनिर्वाचन हुँदैछ । नयाँ दलहरू आगामी निर्वाचनको तयारीमा लागिसकेका छन् । प्रमुख प्रतिपक्षी दल एमाले भने अध्यक्ष केपी ओली र नेता महेश बस्नेतका कारण साख गुमाउँदै गएको छ ।
ओलीको कोम्बोडियामा ३० अर्ब रकम रहेको भनेर विादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भनिसकेका छन् । बस्नेतका नजिकका मानिसहरू भन्छन्, ‘उनको खर्बो सम्पत्ति छ ।’ होटल, रेस्टुरेन्ट, जग्गा, क्रसर उद्योगलगायत क्षेत्रमा उनको धेरै लगानी रहेको बताइन्छ । पहिलादेखि नै ओली र बस्नेतसँग अथाहा सम्पत्ति रहेको बताइन्थ्यो । तर कसैले पनि यो कुरा खोलेर गर्न सकेको थिएन । जब दुर्गा प्रसाईंले ओली र बस्नेतको विरोधमा बोल्न सुरु गरे, तब सर्वसाधारणले पनि आफ्नो मुख खोल्न थालेका छन् ।
एमालेकै कार्यकर्ताहरू ओली र बस्नेतप्रति सन्तुष्ट छैनन् । दुर्गा प्रसाईं पनि पहिले एमालेकै केन्द्रीय सदस्य थिए । प्रसाईंलाई ओली र बस्नेतले गालीगलौज गर्दा तथा कारबाही गर्दा आज एमालेले आफ्नो साख गुमाउँदै जान थालेको हो ।बाबुराम भट्टराईले २०७९ को निर्वाचनमा लडेनन् । आफ्नो निर्वाचन क्षेत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उम्मेदवार बनाए । सँगै प्रचण्डको लागि भोट माग्दै हिँडे । प्रचण्डले गोरखाबाट चुनाव जिते । वर्तमान सरकारको प्रधानमन्त्रीमा प्रचण्ड छन् । बाबुराम आफ्नो निर्वाचन क्षेत्रमा आफू नलडेर प्रचण्डलाई उम्मेदवार बनाई मुलुकको प्रधानमन्त्री बनाए । आफूले निर्वाचन जिते पनि प्रधानमन्त्री हुने नभएपछि उनले प्रचण्डलाई उम्मेदवार बनाए ।
आज गोरखाले फेरि पनि प्रधानमन्त्री पाएको छ । गोरखाको शिर फेरि ठाडो भएको छ । सँगै बाबुरामको पनि इज्जत बढेको छ । अहिले उनी राजनीतिबाट सन्यास लिने खालका कुरा गर्न थालिसके । अहिले पनि सर्वसाधारण जनता बाबुरामलाई विद्वान नेता मान्छन् । उनले अर्थमन्त्री हुँदा सबैभन्दा बढी राजस्व उठाए । त्यस्तै, प्रधानमन्त्री हुँदा मुलुकभरको बाटो ठूलो बनाउने निर्णय गरे । र, सो कार्यान्वयन पनि गरे । बाबुराम प्रधानमन्त्री हुँदा सस्तो गाडी चढे । विदेश भ्रमण जाँदा आउने भत्ता पनि उनले सरकारी कोषमै जम्मा गरिदिन्थे । एमाले र कांग्रेसले माओवादीलाई कमजोर बनाउन टुक्राटुक्रा बनाइदिए । विप्लव र बाबुरामले माओवादी छाडे ।
अहिले पनि सञ्चारमाध्यममा बाबुरामले भनेको केही आएमा जनता ठाडो कान लगाए सुन्छन्, पढ्छन् । फेरि केपी ओली र महेश बस्नेतले बोलेको कुरा टिभीमा आए सर्वसाधारण टिभी नै बन्द गरिदिन्छन् । महेश बस्नेत हप्ता उठाउने व्यक्ति हुन् । ओली २०२८ सालमा व्यक्ति हत्यामा १४ वर्ष जेल जीवनसमेत बिताएका व्यक्ति हुन् । हिजो एमालेकै केन्द्रीय सदस्य रहेका दुर्गा प्रसाईंले आज ओली र बस्नेतको विरोध गरेर एमाले नै सिध्याउँछन् भनेर कसले सोचेको थियो र ? कांग्रेसमा पनि गगन थापाको विरोध गर्ने बढ्दै गएका छन् ।
बाबुरामले २०६४, ०७० र ०७४ गरी तीनपटक लगातार गोरखाबाट चुनाव जिते । ०७९ को निर्वाचनमा उनी उम्मेदवार बनेनन् । माओवादीका अध्यक्ष प्रचण्डलाई उठाए । प्रचण्डले पनि चुनाव जिते । यसबाट बाबुरामलाई गोरखाबासीले अहिले पनि विश्वास गर्छन् भन्ने पुष्टि हुन्छ । भक्तपुर १ मा २०४८ देखि ०७० सम्म मजदुर किसान पार्टीका नारायणमान बिजुक्छेले निरन्तर चुनाव जिते । उनले ०७४ को निर्वाचनमा उम्मेदवारी दिएनन् । प्रेम सुवाललाई बनाए । ०७४ र ०७९ दुवैमा सुवालले यस क्षेत्रबाट चुनाव जिते ।
केपी ओली चुनाव हार्ने डरमा झापामा पटकपटक क्षेत्र फेर्छन् । बस्नेतले ०७४ मा पैसा खर्चिएर वा गुट कब्जा गरेर चुनाव जिते । त्यसअघि ०७०लमा उनले भक्तपुर २ बाट हार व्यहोरेका थिए । गत वर्षको निर्वाचनमा पनि उनले यही क्षेत्रबाट हार व्यहोर्नुपर्यो । ०७४ मा जुम्लाबाट चुनाव जितेर आएका माओवादीका सांसद गजेन्द्र महतले तत्कालीन प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडाले आफ्नो क्षेत्रका लागि बजेट नदिएको भन्दै सदनमै अाँसु बगाए । महतको आँसु देखेर सबै नेपालीको मन रोयो ।
जुम्लाका जनताको मात्र नभई देशभरका जनताको उनले मन जिते । माओवादीले ०७९ को निर्वाचनमा महतलाई टिकट दिएन । उनको सट्टा अरुलाई नै दिइयो । त्यसको फाइदा राप्रपाका ज्ञानेन्द्र शाहीले उठाए । माओवादीले महतलाई टिकट दिएको भए उनले चुनाव जित्ने पक्का थियो । तर, माओवादीले टिकट नदिँदा राप्रपाका शाहीले जुम्लाबासीलाई भ्रममा पारेर चुनाव जिते । ज्ञानेन्द्र शाही आफूलाई अभियन्ता बताउँदै आएका छन् । तर, उनको सम्पत्ति अर्बौै छ । उनी विभिन्न घटनामा मुछिएका छन् । अहिले शाही राजतन्त्र चाहिन्छ भन्छन् । त्यसैले आगामी निर्वाचनमा उनले जुनसुकै क्षेत्रबाट चुनाव लडे पनि जित्ने छैनन् ।
सञ्चारकर्मीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुराना दलमाथि हिलो छ्यापेर आए । तर, आज उनको र उनको पार्टीको असली रूप जनताले देखिसकेका छन् । अहिले चितवन २ का जनता रवि लामिछानेको कामप्रति सन्तुष्ट छैनन् । उनीहरू आगामी निर्वाचनमा लामिछानेले हार व्यहोर्नुपर्ने बताउँछन् । पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या प्रकरण, अमेरिकी नागरिकता र राहदानीसँगै उनी राजावादी भएको जनताले थाहा पाइसकेका छन् ।
त्यसैले आगामी निर्वाचनमा उनी र उनको पार्टी रास्वपा जनताबाट नांगिने छ । जनतालाई एकपटक ढाँट्न, झुक्याउन सकिन्छ । सधैं सकिन्न । तर, जनताको मन जित्न सके र काम गर्न सकेमा चुनाव जित्न केही गर्ने पर्दैन । ०४८ देखि अहिलेसम्म कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाटै चुनाव जित्दै आएका छन् । कतिपय नेता चुनाव भएपिच्छे आफ्नो क्षेत्र फेर्छन् । तापनि उनीहरू हार्छन् ।




