प्रविधि

आगामी सोमबार टिकटकको रिटमाथि प्रारम्भिक सुनुवाइ

काठमाडौं । टिकटकमाथि सरकारले प्रतिबन्ध लगाएपछि नागरिकहरु असन्तुष्टि बनेका छन् । टिकटक बन्द गर्ने निर्णय बदरको माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा परेकाे रिट दर्ता भएको छ । सर्वोच्च अदालतले पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै मंसीर चार गते सोमबारका लागि प्रारम्भिक सुनुवाई हुने जनाएको हो

प्रारम्भिक सुनुवाईको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ अदालतले जनाएको छ । कानून व्यवसायीहरुले तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने रिट निवेदकहरुको माग छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । साथै अन्य पनि रिट सर्वोच्चमा परिसकेको स्रोतले जनाएको छ । त्रिपाठीले नेपालमा टिकटक प्रतिबन्धित गर्ने सरकारको निर्णय बदर गरी पाउँ भनी सर्वोच्चमा दर्ताका लागि रिट निवेदन पेस गरेका थिए । सरकारले कानुन नै नल्याई टिकटक बन्द गर्ने निर्णय गरेकाले अदालतले बदर गर्ने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *