काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसदहरूसहितको टोली राहत सामाग्रीसहित भुकम्प पीडितको प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम गएका छन् । उपप्रधानमन्त्री श्रेष्ठको टोलीले राहात सामाग्री हस्तान्तरण गरि स्थलगत निरीक्षण र आवश्यक निर्देशन दिने जनाइएको छ ।
टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत सहभागि भएका छन् । भुकम्प प्रभावित जिल्लामा गृह मन्त्रालयको तर्फबाट त्रिपाल– ११०६१ थान ,ब्ल्यांकेट – ११०० थान, स्लिपिंग ब्याग–११०० थान ,टेण्ट –७०० थान र म्याट्रेस ५ सेट राहात सामाग्री लगिएको छ । पुनर्स्थापनाको काम प्रभावकारी बनाउन अत्यावश्यक राहात सामाग्री सहित उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहितको टोली भूकम्प प्रभावित जिल्ला पुगको हो ।




