कर्णाली प्रदेश

मुगुमा एकै परिवारका चारजना मृत भेटिए, हत्याको आशंका

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका–६ को मन्दुमा एकै परिवारका चारजना मृत फेला परेका छन् । प्रहरीका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा, उनका दुई छोरा र एक छोरीको शव घरमा फेला परेका हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र थापाले श्रीदेवीसहित उनका ११ वर्षीय छोरा मनोज, ९ वर्षकी छोरी अप्सरा र ८ महिने छोरा रहर हत्या गरिएको अवस्थामा फेला परेको जानकारी दिए । हत्या गरिएकी श्रीदेवीका श्रीमान् रोजगारीको सिलसिलामा कतारमा रहेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीदेखि तीन घन्टा पैदल दूरीमा पर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *