काठमाडौं । दशैँको समयमा पहिलो पटक विधुतीय सवारीले सबै भन्दा बढी चार्जिङ गरेका छन् । बुधबार एक दिनमै दुई हजार भन्दा धेरै पटक विद्युतीय सवारी साधनले नेपाल विद्युत् प्राधिकरणका चार्जिङ स्टेसनबाट सेवा लिएको प्राधिकरणले जनाएको छ । पछिल्लो पटक नेपाल इलेक्ट्रिक सवारी साधन सञ्चालनको दरमा वृद्धि हुँदै गएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबार मात्रै विद्युतीय सवारी साधनले लिएको चार्जिङ सेवाबाट २२ हजार युनिट विजुली खपत भएको छ
विद्युतीय सवारीद्धारा २२ हजार युनिट विद्युत खपत हुनु सकरात्मक रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । अहिलेको दशैँ इभिमय बन्यो ।, प्राधिकरणका एक अधिकारीले नेपालमा इभि सिस्टममा धेरै गर्न बाँकी भएपनि मानिसहरुले इभिको प्रयोगमा सहजता महशुस गरेको पुष्टि भएको बताए ।
यसरी एकै दिनमा दुई हजारभन्दा बढी पटक विद्युतीय सवारी चार्ज हुँदा एक दिनमा करिब २० हजार लिटर डिजेल–पेट्रोल बचत भएकाले यस हिसाबले ३५ लाख रुपैयाँ बढी दैनिक बचत भएको प्राधिकरणले मुल्याङकण गरेको छ ।





