रिबन

पाल्पा : बराङ्ग्दी खोलामा भएकाे जीप दुर्घटनामा ६ जनाको मृत्यु, चालक घाइते

काठमाडौं । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप दुर्घटना भएको छ ।पाल्पाको बैकुण्ठ पहाडबाट रानीमहल जाँदै गरेको जिप बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । ज्यान गुमाउनेको परिचय  नखुलेको प्रहरीले जनाएको छ । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो । 

पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माका अनुसा जिपका चालक घाइते भएका हुन् घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाटका साथे जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारमा खटिएको छ । दुर्घटना अफ्ट्यारो खोचमा भएकाले उद्दारमा कठिनाइ भएको पाल्पा प्रहरी स्रोतले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *