देश

इजरायलमा ज्यान गुमाएका चार नेपालीको शव आइतबार काठमाडौंमा आइपुग्ने

काठमाडौं । इजरायल सरकारले इजरायलमा ज्यान गुमाएका १० जना नेपालीमध्ये ४ जनाको शव नेपाली दूतावासलाई बुझाएको छ । नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायलका रोजगारीका लागि पुगेका नेपालीको प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी निधन भएको थियो ।

इजरायलले शव हस्तान्तरण गरेपछि नेपाली राजदूत कान्ता रिजाल र इजरायल सरकारको प्रतिनिधिहरूले मृतकहरु प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । चार जना विद्यार्थीको शव शनिबार दिउँसोको १ः२५ बजे प्लाई दुबईको उडानबाट नेपाल पठाउने राजदूत रिजालले जानकारी दिइन । नेपाली समयअनुसार मृतकको शव नेपाली समयअनुसार आइतबार काठमाडौँ आइपुग्ने स्रोतले जनाएको छ ।

ईजरायलबाट फ्लाई दुबईको उडानमार्फत् दुबईसम्म तथा तत्पश्चात् फ्लाई दुबईकै अर्को उडानमार्फत् काठमाडौँसम्म पुग्ने गरी व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *