काठमाडौं । अर्थ मन्त्रालयले निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी गर्न विभिन्न मन्त्रालयलाई परिपत्र गरेको छ ।
अर्थको यो परिपत्रसँगै गत वर्ष दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरूको ६ अर्ब रुपैयाँ भुक्तानी हुने भएको छ।
निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर भौतिक पूर्वाधार, ऊर्जा, खानेपानी तथा सहरी विकास मन्त्रालयहरूमा परिपत्र गरिसकेको छ।
उक्त भुक्तानी दसैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ।अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले विभिन्न मन्त्रालय अन्तर्गतका परियोजनामा अघिल्लो आवको दायित्व भुक्तानी निकासा दिने निर्णय भएको जानकारी दिए ।
निर्माण व्यवसायीले आफ्नो भुक्तानीका लागि सरकारलाई तीन महिनादेखि माग गर्दै आएका थिए ।






