देश

नेपाली लिन गएको नेपाल एयरलाइन्सको जहाज पौने ११ बजे दुबईबाट इजरायलका लागि उड्यो

काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्धारका लागि गएको नेपाल वायु सेवा निगमको जहाजले नेपाली समयअनुसार १०ः४६ बजे दुबईबाट इजरायलका लागि उडान भरेको छ। नेपाली नागरिक ल्याएर जहाज बिहीबार राति सवा ९ बजेपछि त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल अवतरण गर्ने भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार साढे दुई सय नेपालीले स्वदेश फर्किन रजिस्ट्रेसन फाराम भरेका छन् । दुई दिन लगाएर नेपाल आउन चाहने नागरिकको उद्धार गर्ने सरकारले जनाएको छ । नेपाली लिन गएको चार्टर्ड विमानमा परराष्ट्रमन्त्री एनपी साउद आफैं सहभागी छन् ।

प्यालेस्टाइनी विद्रोही समूहले हमासका लडाकूले हत्या गरेका १० नेपाली विद्यार्थीको शव ल्याउन भने ढिलाइ हुने भएको छ । इजरायलको प्रोटोकलअनुसार नेपालले केही दिन कुर्नुपर्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *