देश

सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालका अनुसार बिहीबार जिल्ला अदालतका ३० न्यायाधीशमध्ये २१ जना मात्रै उपस्थित थिए । हाजिर नभएका ९ जनामध्ये ६ जना जिल्ला अदालतमा बोलाएर हाजिर भएनन् ।

असोज महिनामा मात्रै सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ तेस्रो पटक स्थगित भएको हो। यसअघि असोज १ र ७ गते पनि न्यायाधीश अभाव भन्दै जिल्ला अदालत काठमाडौंले मुद्दाको सुनुवाइ स्थगित गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *