रिबन

पूर्वदेखि पश्चिमसम्म धार्मिक तनावमा कसले झोस्दैछ आगो ?

काठमाडौं । पछिल्लो समय पूर्वदेखि पश्चिम तराईका सहरमा धार्मिक सद्भाव खलबलिन लागेको छ । सुनसरीको धरान, धनुषाको जनकपुरधाम, सर्लाहीको मलंगवा, पर्साको वीरगन्ज हुँदै बाँकेको नेपालगन्जसम्म धार्मिक तनाव बढेको छ । फरक फरक विषयमा यी सहरमा धार्मिक तनाव बढेको छ । जसले नेपालीबीचको शान्ति खलबलिन पुगेको छ । सबै सहरमा भड्किएको हिंसामा एउटै शक्तिको हात रहेको अनुमान गरिएको छ ।

यतिबेला पूर्वराजावादीहरू नेपाली जनताको आक्रोशमा खेल्न लागिरहेका छन् । अहिलेका दलका नेताहरूको असन्तुष्टिलाई आक्रोशमा परिणत गर्ने र त्यसलाई राजनीतिक रंग दिने राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाई समूहको गुप्त योजना छ । त्यही भएर कहिले गोरुको मासु खाएको, गणेशको मूर्ति विसर्जन, हिन्दु–मुस्लिमबीच फाटो ल्याएर धार्मिक दंगा फैलाउन खोजिएको सुरक्षा स्रोतले जनाएको छ । धर्मको आवरणमा नेपालमा धार्मिक सद्भाव भड्काउन खोजिएको छ । तर अहिलेसम्म यसबारे कुनै पनि दल र नेताले बोलेका छैनन् । नेता र पार्टीहरू चुप छन् ।

सामाजिक सञ्जालमा लेखिएको स्टाटसकै आधारमा नेपालगञ्जमा तनाव बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार आइतबार सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर प्रदर्शन भएको थियो । मुस्लिम समुदायले विरोध ¥याली निकालेपछि मंगलबार ओमकार परिवार हिन्दु समाजले पनि ¥याली निकालेको थियो । ओमकार परिवार हिन्दु समाजले निकालेको ¥यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक सम्पत्ति तोडफोडका साथै ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

यसअघि सर्लाहीको मलंगवामा दुईपटक धार्मिक तनाव उत्पन्न भएको थियो । गणेशको मूर्ति विसर्जनलाई लिएर त्यहाँ पनि हिन्दु र मुस्लिमबीच धार्मिक सद्भाव भड्काउने प्रयास भएको थियो । स्थानीय प्रशासनले तीन चार दिनसम्म कफ्र्यु लगाएपछि स्थिति नियन्त्रणमा आएको थियो । मलंगवामा झन्डै झन्डै धार्मिक दंगा भड्किसकेको थियो । त्यसअघि वीरगन्जमा पनि धार्मिक सद्भाव भड्काउने प्रयास भएको थियो ।

सुनसरीको धरान त तनावग्रस्त नै बनेको थियो । गोरुको मासु खाएको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि हिन्दु र किराँत समुदायमा फाटो आएको थियो । त्यसमाथि धरानका मेयर हर्कराज राईले किराँतीले अनिवार्य रूपमा गोरुको मासु खानुपर्ने भनेर अभिव्यक्ति दिएपछि घ्यु आगोमा हालेजस्तै भएको थियो । सोही अभिव्यक्तिले हर्कको लोकप्रियता स्वाठ्ठै घटेको छ । अहिले त उनी सामाजिक सञ्जालमा आउनै छाडेका छन् ।

पूर्वपञ्चहरूको पार्टी राप्रपा, राप्रपा नेपाल र मेडिकल माफिया दुर्गा प्रसाईसमेत अहिले देशमा हिन्दु राष्ट्र स्थापना गर्नुपर्ने, संवैधानिक राजतन्त्र ब्यूँताउनुपर्ने भन्दै आन्दोलनमा लागेका छन् । जसलाई पछाडिबाट पूर्वराजा ज्ञानेन्द्र शाहले सघाइरहेको आशंका गरिएको छ । ठूला दलप्रतिको वितृष्णा र आक्रोशलाई मलजल गरी तराईका ठूला सहरमा धर्मको आवरणमा धार्मिक सद्भाव भड्काउन खोजिएको छ । त्यसलाई मलजल गरी तेस्रो जनआन्दोलन गर्ने र राजसंस्था पुनःस्थापनाको अन्तिम कसरत गर्ने रणनीतिमा निर्मल निवास रहेको छ । सोही कारण अहिले राप्रपा र राप्रपा नेपालले आन्दोलनको घोषणा गरेका छन् ।

राप्रपाले हिन्दु राष्ट्रसहित आफ्नो एजेन्डा स्थापित गर्ने उद्देश्यका साथ आन्दोलन गर्ने भएको छ । राप्रपाको सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले महामन्त्री डा.धवलशम्शेर राणाद्वारा प्रस्तुत आगामी आन्दोलनसम्बन्धी कार्ययोजनालाई अन्तिमरुप दिने निर्णय गरेको छ । त्यसका लागि उपाध्यक्ष बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजंग गुरुङ र महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाही रहेको कार्यदल गठन गरिएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले डलरको लोभमा मुलुकमा धार्मिक द्वन्द्वतर्फ अग्रसर गराएको प्रतिक्रिया दिनुले पनि यहाँ ठूलै संकट निम्त्याउन खोजेको पुष्टि भएको छ । ‘डलरको लोभमा, भोटको निम्ति भ्रष्ट शासकहरूले हिन्दु, बुद्धिष्ट र किराँतीहरूलाई कमजोर बनाउने, हेप्ने काम गरेर देशलाई डरलाग्दो धार्मिक सांस्कृतिक द्वन्द्वतर्फ धकेलिरहेका छन्,’ थापाको भनाइ छ, ‘धार्मिक सांस्कृतिक द्वन्द्वबाट देशलाई जोगाऔँ ।’ राप्रपा नेपालले तराईका जिल्लामा आन्दोलन गर्ने भएको छ । कमल थापा पनि राजसंस्था बोकेर हिँड्न राजी भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *