कर्णाली प्रदेश

एमाले कर्णाली अधिवेशनमा मतगणना जारी

काठमाडौं । नेकपा एमालेको कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । अध्यक्ष मण्डलका सदस्य विष्णु रिजालले सिटी हलमा मतगणना जारी रहेको जानकारी दिए ।

एमाले कर्णाली प्रदेशको अधिवेशन प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी छ । एमालेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार राति मतदान भएको थियो । सोमबार बिहान आठ बजेदेखि मतगणना सुरु गर्ने तयारी रहेपनि प्राविधिक कारणले गर्दा मतगणना ढिलो सुरु भएको स्रोतले जनाएको छ ।

आइतबार दिउँसो २ बजेखि राति ९ बजेसम्म मतदान भएको मतदानमा ६०९ जना सहभागी भएका थिए ।
प्रदेश अध्यक्षका लागि सल्यानका गुलावजंग शाह, कालिकोटका मिनबहादुर शाही र कालिकोटकै प्रकाश रोकाय प्रतिस्पर्धामा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *