रिबन

विनोद चौधरीको भारतमा रहेका कम्पनीमा छापा

काठमाडौँ। उद्योगपति विनोद चौधरीको भारतको जयपुरमा रहेको सीजी फुड इन्डिया प्रालिमा भारतीय आयकर विभागले छापा मारेको छ ।

विभागका कर्मचारीले नेपालका सबैभन्दा धनी तथा प्रतिनिधिसभा सदस्य चौधरीले भारतको जयपुरमा सञ्चालन गरेका चौधरी ग्रुप (सीजी)का तीन कम्पनीमा छापा मारेका हुन् ।

विभागले दौसा र सिकरमा पनि छापा मारेको भारतीय सञ्चारमाध्यम जी न्यूजले जनाएको छ ।

आयकर विभागलाई प्राप्त सूचनाका आधारमा चौधरीको कम्पनीमा छापा मारिएको जनाइएको छ । उनका भारतमा रहेका अन्य कम्पनी पनि निगरानीमा रहेको जी न्यूजले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *