देश

सरकारलाई केपी ओलीको प्रश्न- एकथरी शिक्षकको माग सम्बोधन हुने, अर्कोको नहुने ?

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बाग्मती प्रदेश प्रथम अधिवेशनमा एकथरी शिक्षकको माग सम्बोधन हुने र अर्कोको नहुने ? भन्दै प्रश्न गरेका छन् ।

उनले सरकारलाई शिक्षकसँग चलाखी नगर्न आग्रह गरे । शिक्षा मन्त्रालयमा वार्ता नहुने, गृह मन्त्रालयमा वार्ता हुने र एकथरी शिक्षकको माग सम्बोधन हुने र अर्कोको नहुने भन्दै सरकारको आलोचना गरे ।

त्यसैगरी ओलीले शक्ति विभाजित हुनसक्छ तर सत्य विभाजित हुँदैन भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले भने,‘म सरकारलाई भन्न चाहन्छु । शक्ति विभाजित हुनसक्छ, सत्य विभाजित हुँदैन । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सत्य एउटै हुन्छ । सत्यसँग सिंग नजुदाउनुस् बेरसबेर भाँचिन्छ,फुक्लिन्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *