काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेकपा एमाले बागमति अधिवेशन काठमाडौंमा ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर कार्यक्रम उदघाटन गरिएको हो । नेकपा एमालेले सोमबार उद्घाटनका लागि रत्नपार्कदेखी भृकुटीमण्डपसम्म ¥याली निकालेको थियो ।
काठमाडौं भृकुटी मण्डपमा सोमबारदेखी सुरु भएको एमाले बागमति प्रदेश अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु रहेका छन् । बागमती प्रदेशको नयाँ नेतृत्व चयन गरेर यसअघि ४४७ सदस्यीय रहेको बागमती प्रदेश कमिटीलाई अधिवेशनबाट ५ जना पदाधिकारीसहित २४० सदस्यीय बनाउने भएको छ ।
अध्यक्ष पदमा झण्डै आधा दर्जन बढी नेताले उमेदवारी दिइने भएका छन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष केशव पाण्डे, कृष्ण दाहाल, कैलाश ढुंगेल, विजय सुवेदी, भूमि त्रिपाठी, खेम लोहनी, कृष्णभक्त पोखरेल लगायत आकांक्षी छन् ।




