राजनीति

महामन्त्री थापाको तयारी, २०८४ पछि प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी २०८४ सालमा हुने निर्वाचनका लागि अहिलेदेखी नै चिन्ता व्यक्त गर्न थालेका छन् । महामन्त्री थापाले आज मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा आँफूलाई २०८४ मा निर्वाचनमा कसरी विजयी हुने भन्ने चिन्ता भएको बताएका छन् । तर यो चिन्ताले आगामी निर्वाचनमा कतै पराजय पो हुने हो कि भन्ने पिडा थपिन थालेको उनले बताए ।

सानोतिनो हारलाई सामान्य रुपमा लिनुपर्ने बताउँदै आएका महामन्त्री थापाले अहिलेबाटै चार वर्षपछि हुने निर्वाचनका बारेमा ध्यान केन्द्रीत गर्न थाल्नुलाई सबैले अर्थपूर्णरुपमा हेर्न थालेका छन् ।

देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसभित्रको गुटबन्दीका कारण आफु चिन्तित बन्न पुगेको महामन्त्री थापाले कार्यकर्ताहरुलाई बताउन थालेका छन् ।

अहिले कांग्रेसले अन्य पार्टीले भन्दा पृथक शैलीमा देशको विकास र जनताको हितका लागि काम गर्न सकेमा आगामी निर्वाचनमा नेताहरुले जनताको घरघरमा भोट माग्न जानु नपर्ने, जनताले नै कामको मुल्याकण गरेर भोट दिने महामन्त्री थापा बताउँछन् ।

महामन्त्री थापा आगामी २०८४ को निर्वाचन पश्चात प्रधानमन्त्री बन्ने लक्ष्यका साथ अगाडी बढेका छन् । उनका कार्यक्रमहरु सोही अनुसार हुने गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *