कोशी प्रदेश

विविधता बिचको एकता सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गर्न हर्क साङपाङको अपिल

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुनेगरी आपसी सदभाव, भाइचारा र एकता कायम गर्न धरानवासीलाई आग्रह गरेका छन् । मेयर हर्कसाङपाङले शुक्रबार एक विज्ञप्ती जारी गर्दै विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो शहर धरानमा केही दिन देखी भईरहेको धार्मीक तथा सामाजिक विवादले उक्त क्षेत्रलाई अति नै संवेदनशिल बनाएकाले यस्तो आग्रह गरेका हुन् ।

साङपाङले बहुजातीय, बहुधार्मीक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधता बिचको एकता सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै सबैको कर्तव्य रहेको बताए । समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द लाई निम्त्याउने भएकोले यस प्रकारको विविधताको नकारात्मकतालाई सकरात्मकतामा परिणत गर्न सबै एक ठाउँमा उभिनुपर्ने उनले बताएका छन् ।

नेपालको राष्ट्रिय गीतको सन्र्दभमा रहेर सबैले नेपाली भन्ने भावलाई आत्मसात गर्दै हाल देखिएको अशान्ति मय वातावरणमासबैले संयमित र संवेदनशील भएर अघि बढ्न समेत उनले धरानवासीलाई आग्रह गरेका छन् । धरानमा केही दिन अघि देखि जातिय र धार्मीक द्धोन्द्धको अवस्था सिर्जना भइरहेपछि शुक्रबार मेयर साङपाङले सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुनेगरी आपसी सदभाव, भाइचारा र एकता कायमका लागि सबैलाई अपिल गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *