काठमाडौं।सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।
प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पदको दुरुपयोग गरी व्यक्त गरेको मतका आधारमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले भदौ १५ गते मुद्दाको पेशी तोक्न आदेश दिँदै उक्त समयभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
भदौ १३ गतेभित्र मुख्यमन्त्रीको नियुक्ति, विश्वासको मतलगायतका सबै विवरण झिकाउन पनि सर्वाेच्चले आदेश दिएको छ ।






