काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । प्रदेश सभाको सोमबारको बैठकमा मत विभाजन गरेर विश्वासको मत टुंगो लगाइएको थियो ।
जसअनुसार थापाको पक्षमा ४५ मत परेको छ । विपक्षमा ३० मत परेको प्रदेश सभा बैठकको अध्यक्षता गरिरहेका कांग्रेस सांसद इस्राइल मन्सुरीले जानकारी दिए । आजको बैठकमा ७७ सांसद उपस्थित थिए । मत दिन भन्ने प्रस्तावमा शून्य मत परेको थियो ।
आजको बैठक राप्रपाले बहिष्कार गरेको थियो । विश्वासको मत पाएसँगै कोशी प्रदेशमा तत्काल सत्ता संकट टरेको छ । एमालेले उपसभामुख सिर्जना दनुवारलाई अनुपस्थित हुन निर्देशन दिएपछि उनी काठमाडौं आएकी थिइन् ।




