राजनीति

प्रवक्ता अग्निप्रसाद सापकोटाले घाेषणा गरेका समृद्धिका चार आधार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले समृद्धिका चार आधार स्तम्भ बनाएर जनतासामु जाने बताएका छन् । सापकोटाले प्रवक्ता भएपछि पहिलो पाटी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर जनतामाझ जानका लागि समृद्धिका चार स्तम्भ घोषना गरेका हुन ।

उनले माओवादी केन्द्र समृद्धिका चार स्तम्भ लिएर अगाडी बढ्ने बताए । उनले घाेषणा गरेका समृद्धिका स्तम्भले जनताले विश्वास गर्ने अपेक्षा राखेका छन् । समृद्धिका चार आधार स्तम्भमा कृषि क्षेत्रको आधुनिकीकरण, उद्योग धन्दा र औद्योगीकरण, राष्ट्रिय सुरक्षा र विज्ञान र प्रविधि रहेका छन् ।

‘नेपाल अहिले जटिल भूराजनीतिमा रहेकाले माओवादीलाई अवसर चुनौती दुबै भएकाले उल्लेखीय चार स्तम्भ लिएर माओवादी केन्द्र अगाडी बढ्ने उनले बताए । माओवादी केन्द्रले यी चार आधारलाई आत्मासात गर्दै जनताका समस्या समाधानतिर केन्द्रित हुनुपर्ने सापकाेटाले उल्लेख गरे ।

नेपालको भूराजनीति जटिल अवस्थामा छ, उनले भने,‘ कूटनैतिक तवरबाट शक्ति राष्ट्रहरूसँग सम्बन्ध विस्तार गर्नुपर्ने अवस्था सिर्जना भएकाले मिडिया, इन्टरनेटको जवानामा विज्ञान र प्रविधिलाई अधिकतम प्रयोग गरी जनतामा जाने माओवादीको नीति उतम हुन्छ ।’ त्यसका लागि मिडियाको सहयोग र सहकार्यमा आइटी फोरम बनाएर जाने उनको भनाइ छ । प्रवक्ता सापकोटाले केन्द्रीय समिति बैठकमा अध्यक्षको राजनीति र साङ्गठनिक प्रतिवेदन सार्वजनिक नहुनुमा प्राविधिक कारण भएको बताए ।

यस्तै प्रवक्ता अग्नि सापकोटाले भदौ १६ गतेदेखि सुरु हुने ३ महिने अभियान पार्टीको अन्तिम परीक्षा भएको बताएका छन ।यो पाटीको पहिलो र अन्तिम परिक्षा भएकाले आगामी भाद्र १५ गते सम्म तयारी गरेर १६ गतेदेखी अभियान संचालनका लागि अघि बढ्ने बताएका छन् । यो अभियानमाले नेकपा माओवादी पाटी सफल हुने विश्वास उनले लिएका छन् ।
प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणलाई निस्कर्षमा पु¥याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिवद्ध समेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *