काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा सपथ गराएका हुन् ।
२१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चमा रिट परेपछि अदालतले उनको नियुक्त्ति बदर गरिदिएको थियो । तर कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सभामुख पदबाट राजीनामा दिएपछि मंगलबार कोशी प्रदेशको मुख्यमन्त्रीमा पुन थापा नियुक्त भएका थिए । कोशी प्रदेशमा सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमले अहिले अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् ।




