काठमाडौं । कोशी प्रदेश सरकारमा फेरि उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन्। कोशी प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता थापा गठबन्धन दलबाट मुख्यमन्त्री बनेका हुन्।
कोशी प्रदेशमा बहुमतको सरकार बनाउन सत्तारुढ गठबन्धनले दाबी पेस गरेको थियो । मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेसगैँ मुख्यमन्त्रीको समर्थनका लागि उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन् । मुख्यमन्त्रीमा दावी पेश गरेपछि प्रदेश प्रमुख खापुङले कांग्रेसका थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्ति बदर गरेको ६ दिनपछि नेपाली कांग्रेस संसदीय दल कोशीका नेता उद्धव थापा मुख्यमन्त्री पुन नियुक्त भएका छन् । असार २१ गते प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित बहुमत पेश गरेर कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सभामुखको हस्ताक्षर सहित सरकार गठन हुनु संविधान विपरित भएको भन्दै नेकपा एमाले कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले अदालतमा रिट दायर गरेपछि सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दिर्घकालिन असर पर्ने काम नगर्न समेत आदेश दिएको थियो ।
सभामुखको हस्ताक्षरलाई असंवैधानिक मानेपछि गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर लगाएर बहुमत दाबी गरेर कोशी प्रदेश सरकार गठन गरेका हुन् ।
उनले अन्तिम समय सम पनि राजीनामा दिन मानेका थिएनन् । कोशी प्रदेशमा गठबन्धनमा रहेका दलहरू कांग्रेसका २९, माओवादी केन्द्रसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ सदस्य रहेका छन् । सत्ता गठबन्धन दलको तर्फका ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर लिएर पुगेपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्रीमा थापालाई प्रदेश प्रमुखले नियुक्त गरेका हुन् ।




