देश

एमाले अडानबाट नहटेपछि प्रतिनिधिसभा बैठक स्थगित, अब मंगलबार बस्ने

काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा छानविन समिति बनाउने विषयमा सहमति जुट्न नसकेपछि प्रतिनिधिसभाको बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयले सूचना टाँस गरी बैठक सोमबारका लागि स्थगित हुने जनाउ दिने तयारी गरेको छ ।

सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका छन् । संसद् सञ्चालन गर्ने विषयमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको थियो । तर कुनै सहमति जुट्न सकेन ।

त्यस्तै, सभामुख घिमिरेले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग संसद् खुलाउन छलफल गरेका थिए । एमालेले गृहमन्त्री श्रेष्ठको राजीनामा र सुन तस्करीमा छानबिन समिति बनाउनुपर्ने मागसहित संसद् सञ्चालनमा अवरोध गर्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *