सुदुरपश्चिम प्रदेश

सुदूरपश्चिम सरकारमा सहभागी नहुने नागरिक उन्मुक्तिको निर्णय

काठमाडौं।नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ। सहमतिअनुसार भागबण्डा नमिलेको भन्दै सरकारमा सहभागी नहुने निर्णय गरिएको पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन्।

मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेख्दै अध्यक्ष श्रेष्ठले सो जानकारी गराएकी हुन्। ‘नागरिक उन्मुक्ति पार्टी केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकोले सहभागी नहुने जानकारी गराउँदछौं,’ पत्रमा भनिएको छ।

टीकापुरस्थित पार्टी कार्यालयमा भएको बैठकले दुई मन्त्री र दुई राज्यमन्त्री माग गरेको छ।

पार्टी अध्यक्ष श्रेष्ठ भने केन्द्र सरकारमा भूमि व्यवस्था तथा सहकारीमन्त्री रहेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *