संसद

राष्ट्रिय सभा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणवस बस्ने नसक्ने भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

बैठक बस्नेबारे अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *