कला/साहित्य

अफसोच

 

नबनोस् है माया यस्तो,चपरीले टाले जस्तो
शुद्ध भन्दै दोबाटोको ,टपरीमा फाले जस्तो
बुझेर नै गर्नु पर्छ,मुना अनि मदन् का कुरा
कमाउन भोटजांदा ,ब्याधी आई गाले जस्तो ।

गाऊं बेसी पाखो बारी,जानेको त यही थियो
मल बिऊ झरी बादल् ,खेलेको त त्यही थियो
दिल जित्यो दिन बित्यो,टाढा भयो बाला पन
बाढी आई खैला बैला ,गाउं घर ढाले जस्तो ।

जन्म घर सधैं पर ,ऋतु एकै भए पनि
माया फरक् छैन भन्छौ,टाढा तिमी गए पनि
किन किन लाग्दैन है ,एकै हुन्छ घर माई्ती
मैना चरी हुर्काएर,पिंजडामा पाले जस्तो।

घाम पनि उस्तै होला ,जुन हेर्छु एकै लाग्छ
तारा गन्छु भुलि जान्छु ,पढें धेरै जस्तो लाग्छ
किन किन हुदै हुन्न ,दियो पाला तेल त्यही
सांझ पर्दा तिमी ले यि,जोर बत्ती बाले जस्तो।

कता जाउं हुन्छु सधैं,माया तिमी टाढा भयौ
मलाई् छोडी जान्न भन्थ्यौ,छैनौं आज कता गयौ
भेट्दिन है तिमी जस्तो,खोज्छु डुब्छु पानी भित्र
राज हंस पौडिएर,दुध पानी चाले जस्तो ।

कोमल,काठमाडौं
२०८०/०३/३०

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *