प्रविधि

आला कार्टमा नआएका भारतीय पे टीभी च्यानल साउन १ देखि बन्द हुने

काठमाडौं । सरकारले पटक–पटक ताकेता गर्दा पनि भारतीय सशुल्क टीभी च्यानलहरुले नेपालमा ‘आला कार्ट’ प्रणालीमा जान अटेर गरेका छन् । फलस्वरुप सरकारले विदेशी सशुल्क च्यानलको वितरण तथा प्रशारणमा साउन १ गतेबाट बन्द हुने जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले जारी गरेको विज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ । विभागबाट सिग्नल वितरक, अपरेटर र विदेशी च्यानलहरुलाई आला कार्ट प्रणालीबमोजिम बुकेको प्याकेज दररेट गर्न पटक(पटक पत्राचार भएको थियो । असार २८ गते दररेट पठाउने अन्तिम दिन रहेकोमा सो प्राप्त नभएकाले उक्त प्याकेज दररेट यकिन नभएसम्मका लागि साउन १ गतेबाट विदेशी सशुल्क च्यानलहरु बन्द गर्न मन्त्रालयले पत्राचार गरेको हो ।

मन्त्रालयबाट प्यासिफिक ट्रेडर्स प्रालि धुम्बाराही, डीएमबी होल्डिङ्स प्रालि जावलाखेल र डिजिटल सिस्टम अफ नेपाल प्रालि मीनभवनलाई पत्राचार गरिएको छ । दुई दर्जन केवल व्यवसायीलाई पत्रको बोधार्थ दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *