राजनीति

प्रितम सिंह कुनै शक्तिकेन्द्र होइन, मेरो भावुकतालाई कमजोरी ठानेर माफी दिइयोस् : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भावुकतालाई कमजोरी ठानेर माफी दिन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले आफू भावुकतामा बगेर बोल्ने गरेको र त्यही नै कमजोरी हुने गरेको बताए ।

प्रितम सिंहसँग आफ्नो पारिवारिक सम्बन्ध जस्तै रहेको र उनीसँगको भावनात्मक सम्बन्ध पुस्तक विमोचनका क्रममा आफूले बोलेको स्पष्ट पारे । प्रचण्डले आफ्नो मनभित्र कुनै मैलो नभएको, तर बोल्ने बेला भावुकता आउने गरेको र अबदेखि आफूले यसमा सुधार गर्ने प्रतिबद्धता जनाए ।

प्रचण्डले प्रितम सिंह कुनै शक्तिकेन्द्र नभएको तर पनि आफू प्रधानमन्त्री बन्ने बेला प्रितम सिंह नयाँदिल्ली आउजाउ गरेको आफूले थाहा पाएकाले व्यक्तिगत कुरा बोलेको दाबी गरे । व्यक्तिगत कुरा बोल्दा त्यसमा त्रुटि भएको उनले स्वीकार गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *