देश

पाँच दिनपछि प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । पाँच दिनदेखि अवरुद्ध संसद् बैठक निर्धारित समयभन्दा एक घन्टा ढिला गरी सुरु भएको हो ।

सोमबार ३ बजेका लागि बोलाइएको बैठक कार्यसूचीमा कुरा नमिल्दा समयमै बस्न सकेन । एमालेले अस्तिकै कार्यसूची हुबहु आएको भनेर आपत्ति जनाएपछि नयाँ कार्यसूची बनाएपछि बैठक सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले केही दिनअघि बोलेको अभिव्यक्तिबारे स्पष्टीकरण दिने भएका छन् । आइतबार र सोमबार लगातार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकले अवरुद्ध संसद् खुलाउने सहमति गरेको हो । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदबारको भेटवार्तामा संसद् खुलाउने सहमति भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *