देश

पशुपतिमा ओलीको क्षमापूजा किन रोकियो ?

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले पशुपतिनाथ मन्दिरमा गर्ने भनिएको पूजा स्थगित भएको छ । पत्नी राधिका शाक्यसहित सोमबार बिहान ओलीले पशुपतिमा पूजा गर्ने तयारी थियो ।

ओलीको निजी सचिवालयले सोमबार बिहान क्षमापूजा गर्न पशुपति जाने कार्यक्रम स्थगित भएको जनाएको छ । कार्यक्रम स्थगित गर्नुको कारण भने खुलेको छैन ।ओली प्रधानमन्त्री भएकै बेला पशुपतिमा सुनको जलहरी राखिएको थियो । जलहरीमा घोटाला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरी निकालेर छानबिन गरेको थियो ।

जलहरीमा ७७ तोला सुन घोटाला भएको खुलेको थियो । जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, केपी ओलीसहित १३ जनाको नाम कुँदिएको फेला परेको थियो । ती सबै अहिले हटाइएको छ । जलहरी फेरि निकालेर पुनःस्थापना गर्न लागेकाले ओली दम्पतीले क्षमापूजा गर्न चाहेका थिए । जलहरी चाँडो चाँडो खोल्नुलाई अशुभ मानिएको छ । त्यही भएर ओलीले क्षमापूजा गर्न खोजेको स्रोतले बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *