कोशी प्रदेश

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनलाई दुई या दुई भन्दा बढी दलको समर्थनमा उनलाई कोशी प्रदेशको पाँचौ मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । थापालाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एसका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । सभामुख बाबुराम गौतमले पनि थापाको समर्थनमा हस्ताक्षर गरेका छन् ।

झापा अर्जुनधारा नगरपालिकाको शनिश्चरेका बासिन्दा थापा २०७९ मंसिरको प्रदेश सभा निर्वाचनमा समानुपातिक सूचीबाट सांसद बनेका थिए । उनी अहिले नेपाली कांग्रेसको कोशी प्रदेश सभापतिसमेत छन् ।

सत्ताबाट एमाले बहिर्गमित भएको हो ।

गठबन्धनमा रहेका दलले सभामुख बाबुराम गौतमसहितको बहुमत पुर्‍याएर थापा नेतृत्वको सरकार बनाउन दाबी गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *