काठमाडौं । सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस नेता उद्धव थापालाई बनाउन निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
कोशी प्रदेशमा कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनका प्रदेश पार्टीलाई पत्र लेख्ने निर्णय भएको एकीकृत समाजवादीका कार्यवहाक अध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
उनले भने, ‘गठबन्धनभित्र सबैभन्दा ठूलो संख्या कांग्रेसको छ । त्यसैले, कांग्रेसलाई मुख्यमन्त्री दिनेगरी बाँकी सीट संख्या पनि उहाँहरुलाई नै पुर्याउने जिम्मेवारी दिएका छौं ।’
गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश सभा बैठकमा शुक्रबार विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको लागि आह्वान भएको छ ।




