देश

अन्तत: काेसीमा ढल्यो एमाले सरकार

विराटनगर । एमाले नेतृत्वको कोसी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्व सरकार ढलेकाे हाे ।

बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिएका हुन् । उनको विपक्षमा ४३ मत नै खसेको छ । जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन् ।

कार्की पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए । गठबन्धन घटकमा रहेको अब कसकाे सरकार बन्छ भन्ने अन्याेल छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *