देश

आज विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री,यस्तो छ समीकरण

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने लिँदैछन् । मुख्यमन्त्री कार्कीले आज बिहीबार अपराह्न १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने लागेका हुन ।

सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संकटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् । कोशी प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठुलो दल रहेको छ ।

कार्कीलाई एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाईसकेका छन । राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ । कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ ।

जनता समाजवादी पार्टीले विश्वासको मत दिएमा कोशी सरकार यथावत रहनेछ । जसपा नेपालको एक मत रहेको छ । जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा पनि विश्वासको मत पाउने अपेक्षा मुख्यमन्त्री कार्कीले गरेका छन् ।

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *