संसद

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बोलाईएको छ ।

आजको बैठकमा प्रतिनिधिसभा सदस्यहरुले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिदैछन् ।

सो बैठकमा बिनियोजन बिद्येयक २०८० को बिभिन्न शिर्षकहरु माथीको छलफल अन्तर्गत चारवटा मन्त्रालयससहितको बजेट शिर्षकमाथि छलफल हुनेछ । जसअनुसार संस्कृति, पर्यटन, तथा नागरिक उडडयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शिर्षकमाथि छलफल हुन लागेको हो ।

यसैगरी, सो बैठकमा ७ जना सांसदले खर्च कटौतीको प्रस्ताव गर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *