काठमाडौं । पछिल्लो समय चर्चामा रहेको समाजवादी मोर्चाको औपचारिक घोषणा आज हुने भएको छ । समाजवादी मोर्चामा अहिले सत्तारुढ गठबन्धनमा रहेका तीन दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा तथा नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहने भएका छन् ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आज ३ बजे समाजवादी मोर्चाको घोषणा हुने कार्यक्रम तय भएको छ ।
मोर्चामा सहभागी हुने भनिएका वामदेव गौतमले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर आफ्नो व्यवस्थापन भए समाजवादी मोर्चामा नजाने बताएपछि उनी एमालेमै फर्किने सम्भावना बढी रहेको छ । त्यस्तै डा. बाबुराम भट्टराईको समाजवादी पार्टी भने छलफलमै रहेको र तत्काल मोर्चामा सहभागी हुने विषयमा स्पष्ट भइसकेको छैन ।
समाजवादी मोर्चामा रहेका दलबीच आलोपालो नेतृत्व गर्ने यसअघि नै सहमति भइसकेको छ ।



