काठमाडौं । भारतको महाकालेश्वरको दर्शन गरेपछि प्रधानमन्त्रीसहितको टोलीले शनिबार पशुपतिनाथको दर्शन गरेको हो ।
शनिबार पशुपतिनाथको दर्शन पश्चात प्रधानमन्त्री प्रचण्डले सामुहिक तस्बिर खिचेका थिए । वितगमा पशुतिको दर्शन नगरेका प्रधानमन्त्री प्रचण्डले भारतको उज्जैनस्थित महाकालेश्वर मन्दीरमा गैरू वस्त्र लगाएर पुजा गरेका थिए ।
गैरू वस्त्र लगाएर पुजा गरेको तस्बिरहरू सामाजिक संजालमा सार्वजनिक भएपछि यत्रतत्र आलोचनामा परेका थिए प्रधानमन्त्री प्रचण्ड । चार दिने भारत भ्रमणपछि नेपाल फर्किँएर उनले कम्युनिष्टसँगै प्रधानमन्त्री पनि भएकाले कूटनीतिका लागि पुजा गरेको बताए ।
भारतको महाकालेश्वरमा गएर दर्शन गरेपछि नेपाल फर्केर पशुतिनाथको मन्दिरमा दर्शन गर्छन वा गर्दैनन् भन्ने धेरैको चासो थियो भने नेपाली राजनैतिक दल तथा नागरिक समाजले पशुपतिनाथको दर्शन प्रधानमन्त्रीले गर्नुपर्ने समेत माग राखेका थिए । त्यही आलोचनालाई वास्तविकतामा बदल्न प्रधानमन्त्री प्रचण्डले पहिलो पटक पशुपतिनाथको दर्शन गरेका हुन् ।
शनिबार प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथको दर्शन गरेपछि प्रधानमन्त्री प्रचण्डको पहिलो रेकर्ड बनेको छ पश्ुुपतिको दर्शन । दर्शनका लागि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत मन्त्रिहरु पशुतिको दर्शनमा पुगेपछि उनीहरुलाई पशुपतिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुुदन किराती एवं पशुपति विकास कोषका सदस्य सचिवलगायतले स्वागत तथा विदाइ गरेका थिए ।




