काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको माओवादीले आज एमालेका हिक्मत कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने भएको हो ।
सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिनेबारे औपचारिक निर्णय लिन माओवादी संसदीय दलको बैठक आज बिहान साढे ११ बजे बस्दैछ ।
केन्द्रले सरकार छाड्न र समर्थन पनि फिर्ता लिन निर्देशन दिएपछि माओवादीले सरकार छाड्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी गरेको हो । एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादीका दुई जना मन्त्री छन् ।




