संसद

प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।

शनिबार राति प्रतिनिधिसभाको बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते पेश गरेको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए ।

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि गत जेठ ७ गतेदेखि छलफल भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *