राजनीति

मधेश प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं । मधेश प्रदेश मन्त्रिपरिषद् पुनः विस्तार गरिएसंगै मधेश प्रदेशमा मंगलबार नियुक्ती भएका तीन मन्त्रीहरुले सपथ लिएका छन् । नेपाली कांग्रेसका दुई र नेकपा एसका एक मन्त्रीले शपथ लिएका हुन् ।

कांग्रेसको तर्फबाट संसदीय दलका नेता कृष्ण यादव भौतिक पूर्वाधार विकास मन्त्री, कांग्रेसकै वीरेन्द्रकुमार सिंह स्वास्थ्य मन्त्री र नेकपा एसको तर्फबाट संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनमत पार्टीका वसन्त कुशवाहले सम्हालेका थिए ।
जनकपुरधामस्थित मधेश भवनमा नवनियुक्त तीनैजना मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथग्रहरण गराएका हुन् ।
मन्त्री थपिएकै दिन माओवादी केन्द्र भने सरकारबाट बाहिरिने निर्णयमा पुगिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *