संसद

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदैछ ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आव. २०८०/०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममाथि आजदेखि जेठ ११ गतेसम्मको समय तोकिएको सचिवालयले जनाएको छ । छलफलमा सांसदले उठाएका प्रश्नहरुको प्रधानमन्त्री दाहालले जवाफ दिनेछन् ।

यस्तै आजको बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने सम्भावित कार्यसूची छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *