बैंक/ शेयर

नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने, यस्तो छ प्रमुख आर्थिक सूचकहरूको अवस्था

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/०८० मा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान गरेको हो ।

चालू आव सकिन अझै २ महिना बाँकी छ । कार्यालयले २०७९/०८० मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.१६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत पुग्ने अनुमान गरेको छ । यता चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धि जम्मा २.१६ प्रतिशतमा खुम्चिने छ ।

उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ । यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमानभन्दा कम हो । एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत बराबर रहने प्रक्षेपण गरेका छन् ।

प्रमुख आर्थिक सूचकहरूको अवस्था

कुल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ताको मूल्यमा १.८६ प्रतिशत।
कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मूल्यमा २.१६ प्रतिशत ।
चालू मूल्यअनुसार कुल उत्पादन आधारभूत मूल्यमा ८० खर्ब १० अर्ब ६७ करोड रुपैयाँ।
चालू मूल्यअनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा ३३ खर्ब ९४ अर्ब १७ करोड रुपैयाँ।
चालू मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ४६ खर्ब ९६ अर्ब ४९ करोड रुपैयाँ।
चालू मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ५३ खब ८१ अर्ब ३४ करोड।
चालू मूल्यमा कुल स्थिर पुँजी निर्माण १३ खर्ब ५६ अर्ब ४६ करोड (कुल गार्हस्थ्य उत्पादनको २५.२१ प्रतिशत)
चालू मूल्यमा अन्तिम उपभोग खर्च ५० खर्ब ३६ अर्ब १५ करोड (कुल गार्हस्थ्य उत्पादनको ९ ३.५९ प्रतिशत)।
चालू मूल्यमा वस्तु तथा सेवा निर्यात तीन खर्ब ८५ अर्ब ११ करोड रुपैयाँ (कुल गार्हस्थ्य उत्पादनको ७.१६ प्रतिशत)
चालू मूल्यमा वस्तु तथा सेवा आयात १९ खर्ब ६४ अर्ब ३३ करोड रुपैयाँ (कुल गार्हस्थ उत्पादनको ३६.५ प्रतिशत)।

चालू मूल्यमा कुल राष्ट्रिय बचत कुल गार्हस्थ्य उत्पादनको ३१.६६ प्रतिशत ।
विप्रेषण १२ खर्ब ३१ अर्ब ७३ करोड रुपैयाँ (कुल गार्हस्थ्य उत्पादनको २२.८९ प्रतिशत ।
प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १,८२,६८३ रुपैयाँ अर्थात् १३९९ अमेरिकी डलर।
प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,८४,१४० रुपैयाँ अर्थात् १४१० अमेरिकी डलर।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *