देश

फ्लाई दुबइको जहाज दुर्घटनाबाट जोगियो


काठमाडौं। त्रिभुवन विमास्थलबाट उडेको फ्लाई दुबईको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार इन्जिनमा समस्या भएको जहाज दुर्घटनाबाट जोगिएको हो । अर्को इन्जिनले काम गरेपछि अहिले जहाज गन्तव्यतर्फ गएको उनको भनाइ छ ।

प्रवक्ता निरौलाले भने, ‘‘उड्ने बित्तिकै इन्जिनमा समस्या देखिएको हो । अहिले सामान्य अवस्थामा फ्लाइ दुबईको जहाज गन्तव्यतर्फ गइसकेको छ ।’’

जहाजको इन्जिनमा समस्या हुँदा काठमाडौंको आकासमा ठूलो आवाजसहित आगो देखिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *