राजनीति

रास्वपाले माफी मागेपछि चितवनमा रोकिएको मतदान सुरु

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीले आचार संहिता उलंघन गरेको स्वीकार गरेर माफी मागेर निर्वाचन आयोग पठाउने सहमति पछि नयाँ किरण माविमा निर्वाचन सुचारु हुने भएको छ । करिब साँढे ३ घण्टा रोकिएको मतदान सर्वदलीय बैठकपछि मतदान सुरू गर्ने निर्णय भएको हो ।

भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो ।

सत्ता साझेदार दल र नेकपा एमालेका कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले मतदान कार्य प्रभावित पारेको भन्दै माफी माग्नुपर्ने अडान राखेको थियो।

रवि लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए । मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न भएको थियो ।

मतदान अधिकृत कमला न्यौपानेसहित सर्वदलीय बैठकमा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको ठहरसमेत गरेको थियो ।

नेपाली सेनासहित प्रहरीले मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था मिलाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *