कुशासन र भ्रष्टाचारले जर्जर बनाएपछि नयाँ पुस्ताले देशमा आफ्नो भविष्य देख्नै छाडेका छन् । पछिल्लो राजनीतिक अभ्यास र प्रवृत्तिले घोर निराशामा फस्दै गएको विभिन्न राजनीतिक घटनाक्रमले देखाएको छ ।
सामाजिक सन्जालमा देखिएका कमेन्ट्को विश्लेषण गर्दा अधिकांश सकारात्मक र न्यून नकारात्मक देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तीव्र उदय, देशव्यापी जनाकर्षण र डा. स्वर्णिम वाग्लेको प्रवेशले निकट भविष्यमा पुराना शक्तिहरु विस्थापित हुने सामाजिक सन्जालमा भ्रम फैलाइएको छ ।
वाग्लेले कांग्रेसबाट राजीनामा गरी रास्वपाबाट उम्मेदवारी दिएपछि राष्ट्रिय राजनीति तातेको छ । पूर्वडीआईजी रमेश खरेल बारा २ मा उम्मेदवार बनेका छन् । खरेलको उम्मेदवारी त्यहाँ गहकिलो बनेको छ । रवि लामिछानेले नागरिकतामा जस्तै राहदानी दुरूपयोगमा पनि मतदाता ढाँट्दैछन् । उनले अदालती विषयलाई षडयन्त्रको संज्ञा दिएका छन्।
मंसिर ४ गतेको मतदानअघि नागरिकताको वैधताबारे उजुरी परेपछि रवि लामिछानेले चुनावी सभामा भन्ने गरेका छन् कि ‘मलाई चक्रब्यूहमा पार्ने षडयन्त्र भइरहेछ।’ त्यस्तै राहदानी दुरुपयोगमा सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दालाई पनि उनले चितवनका हरेक सभामा आफूविरुद्द षडयन्त्र भइरहेको भन्ने गरेका छन् । यस विषयमा दैनिक पत्रिकादेखि मूलधारका अनलाइनले समाचार बनाएका छन् ।
अहिले चुनाबी माहौलको बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाप्रसाद श्रेष्ठको बारेमा साढे दुई करोड रुपैयाँ मागको प्रकरण आएको छ। ढाकाप्रसादलाई स्वास्थ्यमन्त्री बन्न जब रवि लामिछानेले साढे दुई करोड रुपैयाँ माग गरे, तब ढाकाप्रसादले स्वास्थ्य माफिया दुर्गा प्रसाईंसँग साढे दुई करोडको आवश्यक परेको कुरा गरे । प्रसाईंले त्यो अडियो टेप सार्वजनिक गरेपछि बल्ल हल्लीखल्ली भयो।
ढाकाप्रसादलाई कारबाही गरेको एउटा नाटक मन्चन हुन नपाउदै प्रसाईंले भाग २ टेप सार्वजनिक गरिदिए । यसबाट अहिले रास्वपामा नैतिक संकट परेको छ । भ्रष्टाचार निर्मूल गर्ने भनी क्रन्तिकारी नारा लिएर राजनीतिमा उदाएका रवि लामिछानेको नैतिकतामाथि यसैकारण प्रश्न उब्जेको छ ।
लामिछानेको पार्टीमा हिजो जति वाह वाह गर्थे मतदाताहरुले अहिले उनीसँगै पार्टीको क्रेज ह्वातै घटेको छ । यसको असर तनहुँ, चितवन र बारामा पर्ने देखिन्छ । उकेरा अनलाइन लेख्छ- आखिर जसले पैसा माग गरेको भए पनि त्यो पैसा जाने भनेको त रविकै पोल्टामा हो नि ? त्यसैले उनी यो अडियो कान्डबाट उम्किने प्रयास गर्नु जनताको आँखामा छारो हाल्नु मात्रै हुनेछ ।
मतदाताले वास्तविकता बुझ्न जरुरी
हिजो कांग्रेस बनेर रास्ट्रिय योजना आयोगमा बसेर मस्ती बटुलेका स्वर्णिम वाग्ले पद नपाएर तनहुँबाट चुनाव लड्नु र चुनावका लागि बैंकमार्फत चन्दा संकलन गर्नु झन् आस्चर्यको विषय बनेको छ ।
नयाँ नीति र विधानमा चुनाव लड्नेहरुले जनताको मन र मस्तिष्क जित्नै पर्ने भयपछि किन आर्थिक चलखेलमा फसेको हो ! रास्वपाले यथार्थ कुरा बाहिर ल्याउन सक्नुपर्छ । खालि भाषण गरेर मात्रै हुँदैन ।
अहिलेको अडियो कान्डलाई ख्याल ख्याल गरियो भने त्यसको नकारात्मक प्रभाव पर्ने निश्चित छ ।फेरि अर्को व्यक्ति एसएमएस गरेर रकमको ताकेता गर्छन् ! दाइ म ढाकाकुमार श्रेष्ठको पिए बोलेको हो भन्दै टेक्स्ट म्यासेज पठाइएको ९८६०००५२४६ नम्बरको मोबाइल नम्बर ध्रुवजंग थापाको नाममा रजिस्ट्रर रहेछ । ध्रुवजंग थापा निकिताको मानिस रहेछन् ।
यतिबेला सामाजिक सञ्जाललगायत मिडियादेखि राजनीति तहसम्म अडियो रेकर्ड कान्डले यत्रतत्र सर्वत्र तहल्का मच्चाइरहेको छ । निर्वाचनका दिनसम्म ढाकाकुमार खासै चिनिएका थिएनन् ।
पोखरामा केहीलाई बाहेक उनको परिचय थाहा थिएन । रास्वपा खुल्नुअघिसम्म ढाकाकुमार श्रेष्ठ मेडिकल डाक्टरका रुपमा कार्यरत थिए । केही समय पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा काम गरेका उनी त्यसपछि आफ्नै मेडिकल खोलेर बसे । उनलाई साउन ७ गते रास्वपाले सिधै प्रदेश सभापति बनाइदियो । पार्टीले प्रत्यक्ष र समानुपातिक दुवै सांसद छनोटका लागि अनलाइन भोटिङ गरायो । देशभरबाट गरिएको भोटिङमा सबैभन्दा बढी मत ल्याएर उनको नाम समानुपातिकतर्फको पहिलो नम्बरमा चढ्यो । उनले १६ सय हाराहारी मत पाएका थिए । त्यसपछि उनी सांसद बन्नका लागि कस्सिए ।
सार्वजनिक छवि नभएका कारण कतिपयले उनलाई चिनाउँदै हिँड्नुपर्यो । ‘भोटिङ डिजिटल थियो । सबैभन्दा बढी मत पाएपछि बन्दसूचीमा पहिलो नम्बरमा उनलाई राखिएको हो,’ रास्वपाकै एक नेताले भने, ‘रास्वपाले समानुपातिक सांसद पाउला भन्ने कसैले सोचेको थिएन । भोट बढ्दै गएपछि ढाकाकुमारको बारेमा सोधिखोजी हुन थाल्यो । मतदाताले चिनेर भोट हालेका थिएनन् ।’
सांसद निर्वाचित भएपछि मात्रै श्रेष्ठको परिचय चुलिएको हो । पछि उनी आफ्नै सहकारीका बचतकर्तालाई रकम फिर्ता नगरेको विवादमा तानिए । उनी अध्यक्ष रहेको साथी किसान सहकारीले रकम हिनामिना गरेको र त्यसमा उनी पनि मुछिएको आरोप बचतकर्ताको थियो । तर श्रेष्ठले पत्रकार सम्मेलन गरेर आफू निर्दोष रहेको प्रष्टीकरण दिए । अहिले उक्त सहकारी पैसा फिर्ता गर्न नसकेर ढोका लागेको छ । त्यतिबेला पनि श्रेष्ठलाई थप केहीले चिन्ने मौका पाए ।
अहिले एकाएक श्रेष्ठले पुस अन्तिम साता गरेको ‘रकमी बार्गेनिङ’ सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्ने र मन्त्री बनेपछि आवश्यक सहयोग गर्ने बाचासहित व्यवसायी दुर्गा प्रसाईंसँग गरेको अडियो ‘डिल’ सार्वजनिक भएको हो । उनको अडियो अहिले भाइरल नै भएको छ । यद्यपि श्रेष्ठले उक्त अडियो आफ्नो नभएको दाबी गरिरहेका छन् । तर अडियो सुन्दा उनको दाबीलाई बल पुग्ने देखिँदैन ।
मेडिकल व्यवसायी प्रसाईंले उक्त अडियो श्रेष्ठकै भएको दोहोर्या एका छन् । ‘ढाकाकुमार श्रेष्ठले मेरो आवाज होइन भनेर प्रमाणित गर्छन् भने म उनको गाडी चलाउने ड्राइभर बस्न तयार छु । तर उसले भन्नुपर्येभ । दक्षिणकालीमा छिरौं, कालो बोको काटेर । यो भन्दा ठूलो अपराध के हुन्छ ?,’ उनले भने । प्रसाईंका अनुसार घुस माग्नका लागि श्रेष्ठ आफैले प्रसाईंलाई फोन गरेका थिए । ‘उहाँले आफै सम्पर्क गरेको हो ।
कुरा भएको सत्य हो । बेलुका उहाँले कुरा गर्नुभएको थियो, बिहान मैले पछि गफ गरें । उहाँले चिन्दिनँ भनेर धर पाइँदैन नि । मैले पनि चिन्दिन थें,’ उनले अघि भने, ‘हामीले स्वास्थ्य मन्त्रालय पाउनेवाला छौं सल्लाह गरौं भनेपछि कुरा गरेको थिएँ । उहाँले अरुसँग पनि पैसाको कुरा गर्नुभएको रहेछ ।’ प्रसाईंले रास्वपाले स्वास्थ्य मन्त्रालय नपाएपछि पैसाको च्याप्टर क्लोज भएको पनि बताएका छन् ।




