बैंक/ शेयर

गभर्नरले भने,सानोतिनो धक्काले नेपालको वित्तीय क्षेत्रलाई छुन सक्दैन

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका छन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले वित्तीय संस्थामा पुँजी प्रयाप्तता ,बढ्दो रेमिटेन्स,अघिल्‍लो वर्षको तुलनामा चालु खर्च घाटा सुधारिनुलगायत कारणले वित्तीय क्षेत्र सुरक्षित रहेको बताए।

गभर्नरले भने,’सानोतिनो धक्काले नेपालको वित्तीय क्षेत्रलाई छुन सक्दैन।’ मंसिर,पुस,माघ र फागुनमा १ खर्ब रेमिटेन्स भित्रिएको उनले बताए।

उनले औसत रेमिटेन्स आर्थिक वर्षको प्रत्येक महिना ९९ अर्ब रहेको जानकारी दिए। उनले अघिल्लो वर्षको चालुआर्थिक घाटा उल्‍लेख्यरुपमा सुधार भएको र फागुन मसान्तसम्म ४४ अर्ब ३१ करोड पुगेको बताए।

अधिकारीका अनुसार विदेशी विनिमय संचिती सुविधाजनक स्थितीमा आइपुगेको छ । गत असार मसान्तमा १२ सय १५ अर्ब संचिती रहेकोमा अहिले १४ सय १ अर्ब संचिती पुगेको हो। जसले ९.४ महिनाको वस्तु आयात धान्न प्रयाप्‍त हुने उनको भनाइ छ।

उनले अघिल्लो वर्षको तुलनामा मुद्रास्फितीमा भने उल्लेख्य कमी आएको उनले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *