समाचार

यी हुन अर्थमन्त्री डा. महतका बजेट निमार्णका सारथि

काठमाडौं । अर्थमन्त्रीमा डा. प्रकाशशरण महतको प्रवेश सगै केही सह–सचिवहरुको जिम्मेवारी हेरफेर भएको छ । जिम्मेवारी हेरफेरसंगै अर्थमन्त्री डा. महत आगामी आर्थिक वर्ष २०८०/ ०८१ को बजेट निर्माणमा जुटेका छन् । अर्थमन्त्री महतको चैत्र २४ को निर्णयअनुसार सह–सचिव भुपाल बरालको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरिएको छ ।

समितिमा बरालसहित सहसचिवहरु उत्तर कुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य रहेका छन् । अर्थमन्त्री डा. महत गठन गरेको बराल संयोजकत्वको नयाँ टिमले नयाँ बजेटका मस्यौदा निमार्ण गर्ने भएको छ ।

आगामी जेठ १३ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिने, सोही दिन आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिएर बजेट वक्तव्यलाई अन्तिम रुप दिइने तयारी अर्थमन्त्रालयले चैत्र १ गतेबाट तयारी थालेको थियो ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदको बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्नेछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *